जीप दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

दार्चुला,फागुन २२-

दार्चुलामा जीप दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ। शनिबार बेलुकी सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नम्बरको को जीप दुर्घटना भएको हो।

जीप लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ। जीपमा सवार–७ जनामध्ये ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र ४ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.