गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ८ स्थित धुवाँकोट सामुदायिक सिकाई केन्द्रको आयोजनामा सिकाई केन्द्र विकास कार्यशाला गोष्टी सम्पन्न भएको छ ।
पालुङ्टार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले प्रमुख अतिथिको रुपमा बोल्दै सामुदायिक सिकाई केन्द्रका लागि आवश्यक बजेट विनियोजन गर्न आफूहरु पछि नपर्ने तर समयमा नै माग ल्याउन सम्बन्धित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
धुवाँकोट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष शंकरराज कंडेलको अध्यक्षतामा सम्पन्न सो गोष्टीमा शिक्षाा तथा मानव श्रोत विकास केन्द्रकी बिमला मिश्र, रमा नेपाल, अनौपचारिक शिक्षा राष्टिय श्रोत श्रोत केन्द्र नेपालका शुक्र महर्जन ले सिकाई केन्द्रको अवधारणा, औचित्य तथा यसको विकासक्रमका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै गरी शिक्षा तथा युवा खेलकुद शाखा पालुङ्टारका प्रमुख बाबुराम काराखेतीले सामुदायिक सिकाई केन्द्र र स्थानीय सरकारको भूमिका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । शिक्षा शाखाकी शाखा अधिकृत करुणा पनेरुको समेत सो अवसरमा उपस्थिति रहेको थियो । केन्द्रका अध्यक्ष कंडेलले केन्द्रले गरेका गतिविधीहरुको प्रस्तुतिकरण गर्नुभएको थियो ।
पालुङ्टार नगरपालिका का सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ९ का वडाध्यक्ष भेजराज पाण्डे, वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ, वडा नं. १० का वडाध्यक्ष ऋषिराज धौराली, वडा नं. १ का वडाध्यक्ष कृष्ण परियार एवं वडा नं. ४ का वडाध्यक्ष डिलेन्द्र देवकोटा लगायतकाले कार्यक्रममा मन्तव्य राखेका थिए ।
केन्द्रकी परिचालिका हरिमाया तिवारीले सञ्चालन गरेको सो कार्यक्रममा पालुङ्टार नगरपालिका भित्र कार्यरत सम्पूर्ण सिकाई केन्द्रका अध्यक्ष तथा परिचालक र सम्बन्धित वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
धुवाँकोटमा सिकाई केन्द्र बिकास कार्यशाला गोष्ठी सम्पन्न
Facebook Comments Box