अनलाइनकर्मी हिरालाल आचार्यमाथि भरतपुर नगर प्रहरीले गरेको दुव्र्यवहारको प्रेस युनियन चितवनद्वारा भर्त्सना

चितवन, पुस १४

नारायणी अनलाइनकर्मी हिरालाल आचार्य‘डायमण्ड’ लाई गत आइतबार भरतपुरको नगर प्रहरीले गरेको दुव्र्यवहारको प्रेस युनियन चितवनले भत्सर्ना गरेको छ ।

युनियनले आज एक विज्ञप्ति प्रेषित गर्दै भरतपुर महानगरपालिकाका नगरप्रहरीद्वारा पत्रकार आचार्यमाथि फोटो खिच्ने क्रममा फोटो डिलिट गर्न लगाएर भएको दुब्र्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा ‘भरतपुरको चौबिसकोठीमा ठेलामा फलफूल बिक्री गरिरहेका ब्यवसायीलाई नगरप्रहरीले लखेटिरहेको तस्विर खिच्दा भएको दुब्र्यवहारको घोर भत्र्सना गर्दछौ’ भनिएको छ । युनियनले समाचार संकलनको क्रममा सञ्चार सामग्री नियन्त्रणमा लिएर तस्विर हटाउने काम निन्दनीय र खेदजनक भएको पनि जनाएको छ । प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो घटना स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप हो भन्दै त्यस कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न महानगरपालिकासँग माग पनि गरिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.