खाल्टे खानेपानीकाे उदघाटन सम्पन्न

पालुङटार नगरपालिका वडा नम्बर ७ स्थित खाल्टे खानेपानी आयोजनाको आज एक कार्यक्रम बिच उद्घाटन सम्पन्न भएको छ ।पालुङटार नगरपालिकाका नगरप्रमुख ई. दिपक बाबू कंडेलले आयोजनाको उद्घाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख कंडेलले कार्यक्रममा बोल्दै खाल्टेमा यस खानेपानी आयोजनाबाट ४० घर लाभान्वित हुने बताउनु भएको छ । अब खाल्टेमा पानीको दुःख सकिएको भन्दै उहाँले किसानहरूले किसान क्लब बनाई कृषि खेति गरि बाहिरको तरकारी ल्याउनको सट्टा आँफुले उब्जाएको तरकारी बाहिर पठाइ पैसामा रुपान्तरण गर्नुपर्छ पनि बताउनु भयो । पानीको समस्या नहोस् भनेर वर्षाको पानीलाई साना साना पोखरी बनाई सञ्चीत गरी खडेरीको समयमा सदुपयोग गर्न पनि सकिने उहाँको भनाई छ ।
त्यस्तै सोही कार्यक्रका विशेष अतिथि पालुङटार नगरपालिका वडा नम्बर ७ का बडा अध्यक्ष बसन्त कुमार श्रेष्ठले अब खानेपानी आयोजना उपभोक्तको जिम्मामा गएको भन्दै दिगो रुपमा राम्रो सँग संचालनमा ध्यान दिनु पर्ने बताउनु भयो । त्यस्तै उहँले मर्मतको लागि भने अडिट रिपोर्टको आधारमा मात्र वाडबाट मर्मतको रकम दिने पनि बताउनु भयो । एक घर एक धाराकाे अबधारणाअन्तर्गत अायाेजना सम््पन्न भएकाे उहाँले बताउनुुुुुभयाे ।

उक्त आयोजना वल्र्ड भिजन नेपालको आर्थिक सहयोग , इको नेपालको प्राबिधिक सहयोग र पालुङटार नगरपालिकाको सहयोगमा करिब ४० लाखको लागतमाा सम्पन भएकाे  थियाे ।   यो आयोजनाबाट ४० घर धुरी लाभान्वित हुने छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.