आँबुखैरेनी गाउँपालिकाद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन

आँबुखैरेनी गाउँपालिकाद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन ।।

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ। डिसेम्बर २५ अर्थात मंसिर १० गते देखि सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो। “लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता: व्यक्ति समाज र सबैको ऎक्यबध्दता” भन्ने मुल नाराका साथ संचालित १६ दिने अभियानको अन्तिम दिन आज अभिमुखिकरण तथा अन्तर्क्रिया कार्यक्रम गरि समापन गरिएको थियो। गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल रहनु भएको थियो भने कार्यक्रम अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ गर्नु भएको थियो। विभिन्न संघ संस्था तथा राजनैतिक दलका प्रतिनिधिहरु समेत सहभागिता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतले लैगिंक हिंसा विरुद्ध विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संचालन कार्यपालिका सदस्य मिलन भुजेलले गर्नुभएको थियो भने सहजीकरण नारायणी अधिकारीले गर्नुभएको थियो। यसैबिच सोही कार्यक्रममा ईलाका प्रहरी कार्याल आँबुखैरेनी तनहुँको आयोजनामा समुदाय- प्रहरी साझेदारी अन्तर्गत यौन जन्य दुर्व्यवहार विरुद्ध विषेष अभियान अन्तर्गत Safety Pin Campaign कार्यक्रमको शूभारम्भ समेत गरिएको छ। उक्त कार्यक्रममा प्रहरी निरिक्षक विकास थापाले सहजीकरण गर्नुभएको थियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.