मृगाौलापिडित कमरको सहयोगको लागि काप्रीको पहलमा दक्षिण कोरियाबाट ९२ हजार ८ सय सहयाेग
गोर्खा संसार
Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/themes/viral-pro/inc/template-tags.php on line 96
द.काेरियाबाट रकम उठाउन पहल गर्ने सहयाेगी व्यक्ति सन्ताेष काप्री
दुुवै मृगौला पिडित गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ निवासी गीता कमरको सहयोगको लािग दक्षिण कोरियाबाट सन्तोष काप्रीको पहलमा ९२ हजार ८ सय १० रुपैयाँ उठाएर पिडित समक्ष पुर्याएका छन् ।
कमरको उपचारको लागि खर्च अभाव भएको खबर पाएसँगै बिभिन्न ठाउँहरुबाट सहयोग रकम जुटाउने प्रयास भइरहेको अवस्थामा सोही वडा निवासी काप्रीले सहयोगको भावनास्वरुप स्वतस्फूर्त रुपमा आफ्नो कर्मथलो दक्षिण कोरियाबाट पनि सहयोगको लागि अपिल गरेका थिए । अभियान शुरु गरेसंगै सहयोगीहरुबाट प्राप्त रकम गीताको कमरकी आमा धन कुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खातामा पठाइसकिएको साथै उनीहरुले रकम सहयोग गर्नेहरुको नामावली समेत सार्वजनिक गरेको काप्रीले जानकारी दिएका छन् ।
सेवा नै धर्म हो भन्ने मान्यताअनुरुप यस्तो प्रतिकूल अवस्थामा पनि बिदेशमा रहेका व्यक्तिहरुसँग रकम जम्मा गरी पठाइएको काप्रीले बताएका छन् ।
बिगत लामो समयदेखि दुवै मृगौलामा समस्या भएपश्चात उपचार गराइरहनुभएकी गीता कमरको उपचारको सहयोगको लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले कमरकी आमा धनकुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खाता नं. 10301106882887000001 मा जम्मा गरेर सहयोग गरिदिन पनि सकिनेछ ।