मानहुँकाेट जाँदै गर्दा दुर्घटनामा परी १ महिलाकाे मृत्यु

तनहुँ । तनहुँको मानहुँकोटमा माइक्रो हायस दुर्घटना भएको छ ।

दुर्घटनामा परी उक्त हायसमा सवार एक युवतीको मृत्यु भएको छ भने घटनामा अन्य ८ जना घाइते भएका छन् ।

पोखराबाट तनहुँको व्यास-५ स्थित मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीय सुनिता गुरुङको मृत्यु भएको हो ।

गुरुङको दमौली स्थित रत्नहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराबाट मानहुँकोट भ्रमणका लागि गएको हायस उकालोमा आफै ब्याक भएर सडकबाट अन्दाजी ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रनाउ तिमिल्सिनाका अनुसार हाइसमा १५ जना सवार रहेपनि गाडी ब्याक हुन थालेपछि अन्य केही गाडीबाट झरेको र झर्न नभ्याएका ९ जना मध्ये एकको मृत्यु भएको हो ।

घाइते २ जनाको अवस्था मध्यम रहेपनि अरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

घाइतेको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भैरहेको छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.