विभिन्न मुद्धामा फरार तीन अभियुक्त पक्राउ

अमरराज नहर्की/ तनहुँ समाचारदाता

दमौली, । विभिन्न फरार मुद्धाका तीन जना अभियुक्तलाई तनहुँ प्रहरी नियन्त्रणमा लिएको छ ।

लागु औषध मुद्धामा फरार रहेका भानु नगरपालिका–१ पुल्चोक बस्ने विष्णुबहादुर थापाको लाई बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारबाट बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । यही असोज २१ गते तनहुँ जिल्ला अदालतबाट ४० हजार जरिवाना र ४ महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकोले थापालाई पक्राउ गरिएको डिएसपी तिमिल्सिनाले बताउनुभयो ।

यसैगरी सार्वजानिक मुद्धामा फरार रहेका भानु नगरपालिका–४ का ३७ वर्षिय राजकुमार परियारलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निजकै घरबाट परियारलाई पक्राउ गरिएको हो । वि.सं.२०७२ साल पुस २० गते अदालतबाट ४ हजार जरिवाना फैसला गरिएकोमा जरिवाना भुक्तानी नगरी फरार रहेकोले पक्राउ गरिएको हो । सरकारवादी देवानी मुद्धामा फरार रहेका भानु नगरपालिका–४ कै ३३ वर्षिय बाबुकाजी श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको छ ।

अदालतबाट वि.सं. २०७४ साल पुस १२ गते १ वर्ष कैद र ४० रुपियाँ जरिवाना तोकिएकोमा फरार रहेकोले पक्राउ गरिएको हो । अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौटी, कोट फि र सरकारी विगो समेत समेत तिर्न बाँकी रहेका खोजी गर्ने कार्यलाई तिव्रता दिने क्रममा उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.