चालकसंग १ मिनेट कार्यक्रम डुम्रेमा पनि शुरू

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले राजमार्ग तथा शहरी क्षेत्रमा सञ्चालन हुने गरी ‘चालकसँग १ मिनेट कार्यक्रम’ शुरु गरेको छ ।सवारी दुर्घटनाको जोखिम न्यूनिकरणका लागि यस्तो कार्यक्रम सुरु गरेको गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभु ढकालले बताए ।
एसपी ढकालका अनुसार कोरोना महामारीको कुरालाई समेत मध्यनगर गर्दै कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट गण्डकी प्रदेशको ११ वटै जिल्लामा रहेको ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टले ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको हो ।
खराब मौसमका कारण दुर्घटना हुने सक्ने कुरालाई मध्यनजर गर्दै सेचतनामूलक सन्देश दिनका लागि यस कार्यक्रम सुरु गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट डुम्रे तनहुँका ट्राफिक प्रमुख मुन्नी जी प्रसाद यादवले बताउनुभयो । ‘चालकसँग १ मिनेट’ कार्यक्रम एक महिनासम्म दिनहुँ सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔं, मोटरसाइकल र स्कुटर चालकले हेल्मट र हेल्मेटको फिता अनिवार्य लगाऔं, पामसे तथा नसाजन्य पदार्थ सेवन गरी सवारीसाधन नचलाऔं र तिब्र गतिमा सवारी नचालाऔं , यात्रुलाई राम्रो ब्यवहार गरौं भन्दै कार्यक्रममार्फत सचेतना फैलाइने यादबले बताउनुभयो । ‘चालकसँग १ मिनेट’ कार्यक्रम डुम्रेको बजार क्षेत्रबाट शुरु भएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.