शिक्षक पेशागत विकासमा केन्द्रित नौ दिने प्राविधिक तालिम सम्पन्न।

नेपाल शिक्षक संघका जिल्ला कार्य समिति तनहुँले  पेशागत विकासमा केन्द्रित प्राविधिक (आइसिटी) तालिम सम्पन्न गरेको छ।वर्तमान कोभिड-19 ले शिक्षाक्षेत्रलाई असहज बनाएको  परिस्थितिलाई समेत मध्यनजर गरी शिक्षकलाई वर्तमान समय अनुकूल बनाउँदै पाठ्यक्रम र प्रविधिसँग जोड्दै कक्षा कोठालाई प्रविधि प्रविधिमैत्री बनाउँदै अध्यापन कार्यलाई  थप प्रभावकारी  बनाउने उद्देश्यका साथ संचालित उक्त तालिम कार्यक्रममा तनहुँ  जिल्ला तथा देशैभरका  ११६१ जना सहभागीहरुले virtual माध्यमबाटै आफ्नो उपस्थिति जनाएको बताइएको छ।

उक्त तालिमको समापन समारोह नेपाल शिक्षक संघका जिल्ला कार्य समिति तनहुँका अध्यक्ष कमल भक्त पोख्रेलको  सभापतित्वमा सम्पन्न भएको छ। समापन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिराम वाग्लेले प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै ,तालीमले शिक्षकहरूको पेसागत विकास एवं प्राविधिक विकासमा सहयोग पुर्याएको भन्दै तालीममा सिकेका सीप अरुलाई कक्षाकोठा सम्म सम्म लैजान आग्रह गर्नुभयो । प्रमुख अतिथि वाग्लेले पेशागत संगठनले आफ्नो नेतृत्वमा गरेको तालीमले पक्कै पनि शिक्षण विधिलाई प्रविधिसँग जोड्दै वैकल्पिक तथा प्रत्यक्ष सिकाइमा निखारता ल्याउने विश्वास व्यक्त गर्नुभयो  ।समापन समारोहमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाल शिक्षक संघ संघीय कार्य समितिका महासचिव, अर्थ, पुष्प कला भट्टराई  महासङ्घका संघीय ऊपमहासचिव विजयराज पौडेल नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, शिक्षक सङ्घका पूर्वअध्यक्ष रमेशचन्द हडखले, प्रदेश उपमहासचिव सुलोचना पण्डित, महासंघ जिल्ला अध्यक्ष रामचन्द्र पोखरेल लगायतका वक्ताहरुले तालिम उद्देश्य अनुरुप सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। यहि असोज १८ गते नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र राज पौडेलको प्रमुख आथित्यमा शुभारम्भ भएको तालिमको सञ्चालनको विभिन्न दिनहरुमा नेपाली कांग्रेस जिल्ला सचिव एवं शिक्षा विभाग प्रमुख लक्ष्मी आचार्य, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमाकान्त शर्मा ,गण्डकी प्रदेश शिक्षा तालिमकेन्द्र दमौलीका प्रमुख नेपाल हरि रानाभाट  ले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो। प्रविधिमैत्री शिक्षक समाज केन्द्रिय प्राविधिक समितिका सदस्यसमेत रहनुभएका चण्डी देवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यको संयोजकत्वमा सञ्चालित उक्त तालिममा राष्ट्रिय रुपमा नैआफ्नो पहिचान बनाउन सफल प्रशिक्षकहरुले निकै कुशलता पूर्वक सरल रुपमा गहन विषयवस्तुहरुमा सहजीकरण गर्नुभएको कुरा तालिम व्यवस्थापक रामदत्त पौडेले बताउनु भयो। उक्त तालिमका भिडियोहरुलाई युट्युब  तथा फेसबुक हरु मार्फत कार्यक्रममा प्रतक्ष्य  उपस्थित हुन नसक्नु भएका साथी हरुमा पनि सञ्चार गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।उक्त तालिममा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति, स्थानीय तहका कार्यसमितिहरु जिल्ला तथा प्रदेश प्रतिनिधिहरु र एवं विभिन्न विद्यालयका प्र अ, तथा शिक्षकहरूको उपस्थिती रहेको जनाइएको छ।तालिमको समापन कार्यक्रममा स्वागत मन्तब्य  नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिका  महिला उपाध्यक्ष एवं तालिमको नेतृत्व गरिरहनु भएकी रसमाया गुरुङले गर्नुभएको थियो । समापन कार्यक्रममा संघका उपाध्यक्ष ओझराज  बगालेले धन्यवाद ज्ञापन गर्नुभएको र उक्त कार्यक्रम शिक्षक संघका जिल्ला कार्यसमितिका सचिव पदम खनालले सञ्चालन गर्नुभएको  समाचारमा जनाइएको छ l

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.