Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
थकाली सेवा समितिलाई भलिबल उपाधि

थकाली सेवा समितिलाई भलिबल उपाधि

काठमाडौं – 

आयोजक थकाली सेवा समिति अष्ट्रेलियाले पाँचौ संस्करणको तोरन्ला रनिङ भलिबल कपको उपाधि जितेको छ ।

अष्ट्रेलियास्थित एयुबर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा छन्त्याल परिवार अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै थकाली सेवा समितिले उपाधि जितेको हो ।

तिस्पर्धात्मक बनेको पहिलो सेटमा थकालीले २५–२२ को जित निकालेको थियो । दोस्रो सेट सहजै २५–१९ ले जितेको थकालीले तेस्रो सेट आफ्नो पक्षमा पार्न निकै संघर्ष गर्नुपरेको थियो । प्रतिस्पर्धाम्क तेस्रो सेट थकालीले २९–२७ को जित निकालेको थियो ।

थकाली सेवा समितिबाट नेपाली पुरुष भलिबल टोलीका सदस्य राजु शेरचन थकालीले पनि खेलेका थिए । एक दिने प्रतियोगितामा थकालीले सेमिफाइनलमा ढोरपाटनलाई तथा छन्त्यालले सनराइजलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थिए ।

उपाधिसँगै थकालीले १ हजार ७ सय ५ अष्ट्रेलियन डलर प्राप्त गरे । दोस्रो स्थानमा चिक्त बुझाएको छन्त्यालले ८ सय ५ अष्ट्रेलियन डलर हात पारे ।

प्रतियोगितामा विभिन्न आठ टोली थकाली सेवा समिति, छन्त्याल परिवार, जलजला परिवार अष्ट्रेलिया, मोना अष्ट्रेलिया, सनराइज भलिबल क्लब, म्याग्दी काली, ढोरपाटन क्लब अष्ट्रेलिया र गल्कोट समाज ले प्रतिस्पर्धा गरेका थिए ।

Source: goalnepal.com

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.