पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक, विद्यालयले यसै ढाँचाअनुरुप शैक्षिक सत्र पूरा गर्नुपर्ने

काठमाडौं– विश्वव्यापी महामारी कोभिड १९ संक्रमणका कारण विद्यालयमा प्रत्यक्ष साक्षत्कार कक्षा हुन नसकी सिकाइ प्रणाली अवरुद्ध रहेको र यसको प्रभाव लामो समयसम्म रहन सक्ने अवस्थालाई मध्यनजर राख्दै सरकारले सिकाइ प्रणालीलाई नियमित राख्न विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ सार्वजनिक गरेको छ ।

विद्यार्थीको शैक्षिक वर्षको क्षति हुन नदिन र वैकल्पिक उपायको अवलम्बन गर्न विद्यार्थीमा पाठ्यक्रमले तोकेका न्यूनतम सिकाइ उपलब्धि हासिल हुने गरी विद्यालय जाने उमेरका बालबालिकालाई आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सिर्जना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले केही दिन अघि कक्षा १ देखि १२ सम्मको पाठ्यवस्तु समायोजना ढाँचा सार्वजनिक गरेको हो ।

प्रत्यक्ष कक्षा सञ्चालन हुन सक्ने अवस्था हुँदा तथा नहुँदा समेत शैक्षिक वर्ष २०७७ को बाँकी अवधिमा निर्धारित पाठ्यव्रmमका पाठ्यवस्तुलाई समायोजन गरेर मात्र सिकाइ उपलब्धि सुनिश्चित गर्न सकिने अवस्था देखिएको परिषद्को ठहर छ । यस अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई सिकाइ सहजीकरणको मूल प्रणालीका रूपमा लागु गरी नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्थामा समेत यस प्रणालीलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्नसमेत मौजुदा पाठ्यक्रमका पाठ्यवस्तुलाई समायोजन गर्नुपर्ने आवश्यकता देखिएको परिषद्ले जनाएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को गत भदौ ११ गतेको निर्णय तथा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ कोे बुँदा १० अनुसार पाठ्यवस्तु सामायोजना ढाँचा, २०७७ विकास गरिएको हो । अब सामुदायिक विद्यालयले यसै ढाँचाअनुरुप आगामी चैत मसान्तभित्र यस २०७७ सालको शैक्षिक सत्र पूरा गर्नुपर्नेछ ।

कक्षा १, २ र ३ को पाठ्यवस्तु समायोजन ढाँचा यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।
कक्षा ४ र ५ को पाठ्यवस्तु समायोजन ढाँचा यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।
कक्षा ६, ७ र ८ को पाठ्यवस्तु समायोजन ढाँचा यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।
कक्षा ९ र १० को पाठ्यवस्तु समायोजन ढाँचा यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.