ताप्लेजुङ, २० भदौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले प्रदेश सांसद होमकुमारी साँवालाई पार्टीको जिल्ला कमिटीबाट तीन महिनाका लागि निलम्वन गरेको छ । एक युवतीसँग अश्लील च्याट गरेको कुरा सार्वजनिक भएपछि उनलाई जिल्ला समितिबाट निलम्वन गरिएको नेकपा ताप्लेजुङले जनाएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले अस्वभाविक शब्द र अश्लील शब्द प्रयोग गरेको च्याट सार्वजनिक भएपछि प्रदेश सांसद साँवालई ३ महिनाका लागि निलम्वन गरिएको जानकारी दिए।
नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको र कार्यदलको प्रतिवेदनका आधारमा उनलाई कारबाही गरिएको हो । सांसद साँवाले आफूबाट अब यस्ता कमि कमजोरी नहुने सर्तसहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन्।
अश्लील शब्दसहितको च्याट सामाजिक सञ्जालमा भाइरल बनेपछि नेकपाले छानबिन समिति नै बनाउनु परेको थियो ।