“अल्छिलाई माछा कि बल्छि ” भन्दा बल्छि रोज्छ भन्ने नेपाली उखान हिजोआज सत्य लागि रहेको छ। बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको समय पारेर कम्युनिस्ट सरकारले जनताको खुशि र सुखद जीवन देख्न नचाहेको हो कि भनेर हिजोआज मनमा किनै तरङ्गको प्रवेग बढिरहेको छ।
बिगत छ महिनादेखि देशमा पुर्ण रुपमा लकडाउन भईरहेको छ। देशभरि रहेको चिया पसलदेखि कलकारखाना बन्द छ। सम्पुर्ण यातायात ठप्प छ। सबै सरकारि तथा गैर सरकारी कार्यलहरुका सेवा बन्द छ ।दिनभरि ठोला धकेलेर , ढुङ्गा गिट्टि कुटेर जिविका चलाउने लाखौले रोजगारी गुमाएको छ। यसरी ६ महिनासम्म रोजगारी गुमाएको श्रमिकहरुको एकनमुठि श्वास धान्न भण्डारमा बिहान बेलुकी खाने अन्न होला र ?
प्रदेशदेखि केन्द्रीय स्तरमा हुनेहरुले नेपाल कृषि प्रधान देश भनेर भाषामात्र होईन कृषकको दुख हेर्नु पर्ने होईन ? हिजोआज कृषकलाई प्रति घर ५ केजि युरिया पाउन पनि शहकारिका भलादमिहरुलाई दण्डवत गर्नुपर्ने बाध्यता छ। कहिलेकाही यस्तो खबरहरु पत्रपत्रिका र अखबरहरुमा हेर्नू हुन्न कि कसो कम्युनिस्ट सरकार।
जनताले जनताकै भलोको लागि भनेर चुनेका ब्यक्तिले जनताको कुरा नबुझेको हो कि नसुनेको हो ? यो बिषय निकैबेर सोच्नुपर्ने बाध्यता भएको छ। नेपाली पत्रपत्रिकामा जहिले पनि संसदीय बैठकमा पदको लागि खैलाबैला ,प्रधानमन्त्री बन्न होडबाजि , एमसिसि लागू गर्न ठिक कि बेठीक जस्तो हेडलाईन प्रकाशित भएको हुन्छ । पत्रकारले पनि हिजोआज कम्युनिस्टको चाकाडि गरेको झै भान भएको छ हैन भने देशमा भएको जनताको कुरालाई स्थान दिनुपर्ने थियो। लकडानको असले जनतामा परेको असरबारे अावाज निकाल्नु पर्ने हो। परिवार पाल्न नसकि डिप्रेसनमा परेर अात्माहत्या गरेका ती नेपालीको ब्यथा नेपाल सरकारले नबुझे कसले बुझ्ने हो ?
व्यापार गरौ जनजिवन ठप्प , खेति गरौ मल र बीउ ठप्प ,बिदेश जाअौ प्रशासन ठप्प घरमा बिहान बेलुकी खाना अन्नको एक दाना छैन । यस्तो पाराले नेपाली जनता कसरी बाँच्ने ? लकडाउन नै कोरोनाको अोखति हो ? WHO ले अाजसम्म कोरोनाको अोखति निर्माण भएको छैन भन्छ तर नेपालमा कोरोना उपचार पछि निको भयो भन्छ ।
यस्तै पनि हुदोरहेछ हाम्रो नेपालमा , भौतिक दुरि कायम गरौ ,घरबाहिर निस्केको बेला मास्कको प्रयोग गरौ । परमेश्वरले सबैको रक्षा गरून्।
जय नेपाली
Facebook Comments Box