लाग्छ अब बल्ल उमेर भरियो
अन्जानमै उन्को प्रेममा परियो
सुस्तरी माथी आइन् र बोलाइन्
अनि पो सुटुक्क तल नै झरियो
मधुर प्रकाश उन्माद हाँसो त्यो
मिलेको वदन अप्सरा सरि यो
सर्माई धकाई गरेथ्यौ प्रेम
नलजाई आज छरपष्ट छरियो
यसै नि प्रेम सागर झै थियो
अब झन गाढा गहिरो गरियो
भरतपुर-१४, चितवन
Facebook Comments Box