इञ्जिनियर पन्तकाे शब क्युरोखोलामा फेला

गोरखा । कास्कीकाे हाइड्रोपावरमा कार्यरत एक सिभिल इञ्जिनियर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखाकाे पालुङटार नगरपालिका घर भएका ३६ वर्षीय अमित पन्त शुक्रबार दिउँसो करिब १२ बजे कास्कीको मादी गाउँपालिका-२ क्युरोखोलामा मृत अवस्थामा फेला परेका हुन् ।

मादी गाउँपालिका-२ सेती खोला नामार्जुन हाइड्रोपावरमा सिभिल इञ्जिनियर पदमा कार्यारत पन्त शुक्रबार राति खाजा खान हिँडेका थिए । त्यस पछि बेपत्ता भएका उनको शव आज दिउँसो खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.