सुनकाे मूल्यमा नयाँ रेकर्ड

काठमाण्डौं ।

सुनको मुल्यले आज अहिलेसम्मकै  नयाँ रेकर्ड कायम गरेको छ ।

९९ हजार रूपैयाँ तोलामा काराेबार भएकाे सुनकाे मूल्य अाज  ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च् भाउ हो । हिजो तोलामा ५ सय रुपैयाँ बढेर तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.