नेपालराहत शिक्षक विभाग गण्डकी प्रदेश संयोजकमा यादव

 राजेन्द्र न्यौपाने
गोरखा, १३ साउन ।
एकीकृत अखिल नेपाल शिक्षकसंगठन,नेपालराहत शिक्षक विभाग गण्डकी प्रदेश संयोजकमा गोरखामा अध्ययापनरत शिक्षक शिव यादव संयोजकमा चुनिएका छन् । सह संयोजकमा देवराज शर्मा (म्याग्दी), सचिव गोविन्द भट्टराई (तनहुँ) , सदस्यहरुमा हेमराज रिजाल (बाग्लुङ), हुमा सिञ्जाली मगर (स्याङ्जा), बसन्तराज तिमल्सिना (पर्वत) विकल पौडेल (कास्की),बाबुराम देवकोटा (मनाङ),प्रेम बहादुर थापा लम्जुङ,पुष्पराज भण्डारी नवलपुर, राजकुमार राई (गोरखा) रहेका छन् ।
विष्णु भट्टराईको अध्क्षतामा भएको कार्यक्रममा एकीकृक अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले राहत शिक्षकहरुका माग राज्यले अक्षरस पुरा गर्नुकाके विकल्प नभएको बताए । कार्यक्रममा नेपाल शिक्षक महासंघका सह संयोजक पूर्ण प्रसाद दवाडी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष झपेन्द्र बहादुर क्षेत्री, उपाध्यक्ष नानुमाया पराजुली,प्रदेश अध्यक्ष सोमनाथ ढुंगाना, राहत विभागका इञ्चार्ज विरेन्द्र मल्ल, महासचिव टिकाराम श्रेष्ठ, प्रदेशका अध्यक्ष सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो । भेला जुम अनलाईन मार्फत भएको थियो ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.