नेपाली युवकमाथि वनारसमा भएको दुव्र्यव्यहारप्रति निधिको आपत्ति, दोषीमाथि कारबाहीको माग

भारतको विश्व हिन्दु सेनाले नेपाली युवकमाथि गरेको दुव्र्यव्यहारको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गम्भीर आपत्ति प्रकट गरेका छन्।

भारतको उत्तरप्रदेशस्थित प्रसिद्ध धार्मिक स्थल वनारसमा रहेका नेपाली युवकमाथि भएको ज्यादतीको भिडियोसहितको समाचार प्रकाशित भएपछि कांग्रेस उपसभापति निधिले उक्त घटनाको निन्दा गरेका हुन्।

हिमाल दैनिकसँग कुरा गर्दै उपसभापति निधिले भारतमा रहेका नेपालीहरुमाथि हुने कुनै पनि दुव्र्यवहारपूर्ण गतिविधि नेपाल र नेपाली कांग्रेसका लागि स्वीकार्य नभएको भन्दै भारत सरकारसँग भारतमा रहेका सबै नेपाली नागरिकको भौतिक सुरक्षासँगै युवकमाथि दुव्र्यवहार गर्ने व्यक्तिमाथि तत्काल कानूनी कारबाहीका माग गरे।

‘नेपाल र भारतबीच सदियौँदेखि कायम रहँदै आएको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै कुटनीतिक सम्बन्ध विथोल्नेगरी कसैले पनि कही कतैबाट गर्ने अपमानपूर्ण गतिविधि स्वीकार्य हुन सक्दैन,’ उनले थप्दै भने।

साथै निधिले हाल नेपाल र भारतबीच देखिएको विवादलाई तत्काल कुटनीतिक माध्यमबाट समाधान गरी दुई देशबीचको पारस्परिक कुटनीतिक सम्बन्ध सुमधुर बनाउन पनि दुबै देशका सरकारसँग आग्रह गरेका छन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा भगवान श्रीरामको जन्मभूमि अयोध्या भारतको उत्तरप्रदेशस्थित आयोध्या नक्कली भएको भन्दै रामको वास्तविक जन्मथलो नेपालको वीरगञ्जबाट पश्चिमको ठोरीमा रहेको अभिव्यक्ति दिएका थिए।

ओलीको उक्त अभिव्यक्तिले नेपालभित्र उनैको दल र विपक्षी दलका नेता, कार्यकर्तासँगै सर्वसाधारणले मात्र होइन भारतीय राजनीतिक दलका नेता, धार्मिक संघसंस्थाका प्रतिनिधिदेखि सर्वसाधारणले समेत गम्भीर आपत्ति प्रकट गरेका थिए।

ओलीको अभिव्यक्तिबाट छुब्द बनेको भारतीय हिन्दु कट्टरपन्थीहरुको संस्था विश्व हिन्दु सेनाले बुधबार वनारसमा एक नेपाली युवकलाई समातेर जबरजस्ती टाउको मुण्डन गर्दै उनलाई प्रधानमन्त्री ओली विरुद्ध नारा लगाएको भिडियो भारतीय संचारमाध्यमले सार्वजनिक गरेका थिए।

यसरी नेपाली युवकको टाउको मुण्डन गरेपछि उनीहरुले ति नेपाली युवकको टाउकोमा ‘जय श्रीराम’ लेख्दै उनलाई नेपालका प्रधानमन्त्री ‘केपी ओली’ मुर्दावाद र ‘भारत माताकी जय’ जस्ता नारा लगाउन लगाएका थिए।

नेपाली युवकमाथि भएको दुव्र्यवहारको समाचार आएलगत्तै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई टेलिफोन गरी घटनाको निन्दा गरेको र दोषीमाथिक कारबाहीको माग गरेको उनले आफ्नो ट्वीटरमार्फत जनाएका छन्।

त्यसलगत्तै कतिपय भारतीय मिडियाहरुले विश्व हिन्दु सेनाले सार्वजनिक गरेको युट्युव भिडियोसहितको समाचार हटाएका थिए।

हिमाल दैनिक बाट

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

१७ औं भानु कप फुटबल प्रतियोगिता १९ गते देखि २६ सम्म हुने

शंकरराज नहर्की । तनहुँ १२ साउन २०८१ शनिवार ।  १७ औं भानु कप फुटबल प्रतियोगिता साउन १९ गतेदेखि २६ गते सम्म हुने भएको छ ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.