शंकरराज नहर्की । तनहुँ १२ साउन २०८१ शनिवार । १७ औं भानु कप फुटबल प्रतियोगिता साउन १९ गतेदेखि २६ गते सम्म हुने भएको छ । भानु नगरपालिका–१ मा रहेको भन्सार युवा परिवार सालबिस्ने यूवा क्लव र भिमशेन यूवा क्लबको संयुक्त आयोजनामा
ले 9A साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
भानु नगरपालिकाका -१ स्थित क्षेत्रीय रङ्गशाला खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा मूल संयोजक विष्णु बहादुर अधिकारीले जानकारी दिए।
प्रतियोगितामा विजेताले नगद दुई लाख ५० हजार २ सय ११ र उपविजेताले १ लाख २५ हजार २ सय ११ पुरस्कार प्राप्त गर्नेछन् ।त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याच ७० हजार पुरस्कार प्रदान गरिने आर्थिक संयोजक सोम तामाङले जानकारी दिए।
क्लवका अनुसार प्रतियोगिताका लागि टिम दर्ता शुल्क दश हजार रुपैयाँ राखिएको छ । प्रतियोगितामा तनहुँ अतिरिक्त नेपाल भरिका २४ टिमको सहभागी हुने जनाएको छ ।
साउन २६ गते सम्म हुने प्रतियोगितामा छेलो र बाघचाल प्रतियोगिता पनि आयोजना गरिनेछ । छेलो र बाघचालको विजेताले ६ हजार २ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रममा बोल्दै भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठीले भानुमा प्रदेश स्तरीय रंगशाला निर्माण गरिने बताए ।
उक्त प्रतियोगितामा २४ टिमको सहभागीता रहने प्रचार प्रसार समितिका संयोजक सुवास सापकोटाले बताइएको छ। प्रतियोगितामा १३ लाख ८३ हजार २ सय १३ खर्च हुने आथिक समितिका संयोजक सोम तमाङले बताए ।
फटबल प्रतियोगिता संगै बुद्धियाल तथा छेलो हान्ने प्रतियोगिता पनि सञ्चालन हुने भन्सार युवाक्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए । प्रतियोगितालाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न विभिन्न समिति गठन गरि ८० प्रतिशत काम सम्पन्न भएको खेल संयोजक भरत वानियाले बताए ।
यस प्रतियोगिता राष्ट्रिय विभूति आदिककवि भानुभक्त आचार्य संङ्ग जोडिएकोले महत्वपूर्ण रहेको बताउँदै खेल मार्कत राष्ट्रियम तथा अन्तराष्ट्रिय स्तरमा भानु नगरलाई चिनाउने र यूवा पुस्तालाई खेलकुँदमा आकर्षीत गर्ने उद्देश्यले प्रतियोगिता आयोजाना गरिएको मूल संयोजक विष्णु बहादुर अधिकारीले बताए ।
१७ औं भानु कप फुटबल प्रतियोगिता १९ गते देखि २६ सम्म हुने