कैलालीमा एसइई परीक्षार्थीको मूल्याङ्कन कार्य सकियो

धनगढी, असार २९

लक डाउनका कारण हुन नसकेको एसइईको परीक्षाको परिणाम अन्ततः सरकारले कक्षा दशको टेष्ट परिक्षामा बिद्यार्थीले प्राप्त गरेको परिणामको आधार बनाएरनै एसइईका परीक्षाफल बाहिर ल्याने निर्णय गर्यो । सोही निर्णयका आधारमा कैलाली जिल्लामा पनि धमाधम कामहरु अगाडी बढाइउका थिए भने सम्बन्धीत बिद्यालयलाई जिल्ला शिक्षा समन्वय समितिमार्फत अंक तालिका तयारगर्न परीक्षा बोर्डले निर्देशन दिएको थियो।जस अनुसार सुदूरपश्चिमकै सबै भन्दा बढी एसइईका बिद्यार्थि भएको कैलाली जिल्लाको शिक्षा समन्वय समितिले उक्त कार्यभार पुरा गरेको जनाएको छ।

कैलालीमा एसइई परीक्षार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ जिल्लाकाका १६ हजार ५ सय ६६ जना एसइई परीक्षार्थीको आन्तरिक मूल्याङ्कन सकिएको जनाइएको छ । कोरोना महामारी पछिको लकडाउनले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा स्थगित हुदा सरकारले विद्यालयले गरेको मूल्याङ्कन लाई नै अन्तिम आधार मानी नजिता प्रकाशन गर्ने भए पछि कैलालीका २ सय ७७ विद्यालयले विद्यार्थीहरूको प्राप्ताङ्क बुझाएका हुन्।

२ जना शिक्षक र प्रधानाध्यापकको संयोजकत्वमा ३ सदस्यीय मूल्याङ्कन समिति गठन गरी विद्यालयहरूले नजिता जिल्ला शिक्षा समन्वय इकाई कैलालीलाई बुझाएको जनाएका छन्। जसमध्ये साधारण तर्फ छात्रा ८ हजार ४ सय ३९ जना र छात्र ७ हजार ४ सय ६६ गरी १५ हजार ९ सय ५ जना, त्यस्तै प्राविधिक तर्फ छात्रा ८३ र छात्र १ सय ६९ गरी २५२ जना र ग्रेड वृद्धिका लागी छात्रा २ सय ७१ र छात्र १ सय ३८ जना गरी ४ सय ९ जनाको आन्तरिक मुल्याङ्कका आधारमा नतिजा बुझाइएको छ।असार २० गते सम्म विद्यालयहरूले आन्तरिक मूल्याङ्कन गरी नजिता पठाई सक्नुपर्ने भनी सरकारले निर्देशन जारी गरे अनुरुप कैलालीका विद्यालयहरूले पनि विद्यार्थीहरूको आन्तरिक परीक्षा तथा व्यक्तिगत आचरणका आधारमा मुल्याङ्कन गरी नजिता पठाइएको बताएका छन्। सबै देशभरका सबै माध्यामिक बिद्यालयहरुले आन्तरिक मूल्यांकनको नतिजा पठाइसक्ने बित्तिकै परीक्षाफल औपचारिकतामा परिणत गराइने पनि बताइएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.