Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
आँबुखैरेनीको रामशाह मा.वि. वैकल्पिक शिक्षण सिकाई सहजीकरणमा सक्रिय बन्दै ।।

आँबुखैरेनीको रामशाह मा.वि. वैकल्पिक शिक्षण सिकाई सहजीकरणमा सक्रिय बन्दै ।।

आँबुखैरेनी, २९ असार ।
विश्वव्यापी महामारी कोरोना संक्रमणको कारण अहिले देशैभरि नै बन्दाबन्दीको अवस्था छ । जसको कारण अहिले शैक्षिक क्षेत्र अन्योलको स्थितीमा रहेको छ । लाखौं बिद्यार्र्थीहरु विद्यालय क्षेत्रबाट बाहिर रहेका छन् । यस अन्योललाई चिर्नको लागि आँबुखैरेनी गाउँपालिका वडा नं. ३ तनहुँमा अवस्थित रामशाह माध्यमिक विद्यालयले असारको सुरुवातदेखि नै गृहकार्य थालनी गरेको र जसको फलस्वरूप विद्यालय बाहिर रहेका विद्यार्र्थीहरुलाई फोन तथा सामाजिक संजालमार्फत सम्पर्क गरी असारको दोस्रो सातादेखि कक्षा ६ देखि १२ सम्म भर्चुअल जुम क्लासको सुरुवात गरेको छ । उक्त जुम क्लासमा अहिले विद्यालयका करिब ४०० विद्यार्र्थीहरु सक्रियताका साथ सहभागी भइरहेका छन् । साथै जुम क्लासमा सहभागी हुन नसकेका विद्यार्र्थीहरुलाई रामशाह फेसबुक, मेसेन्जर ग्रुप तथा गुगल क्लासरुम मार्फत शिक्षण सिकाइ क्रियाकलापमा निरन्तर जोड्ने काम गरिएको छ । यसका अलावा शिक्षण सिकाइका भिडियो निर्माण गरी युट्युब र फेसबुकमार्फत प्रसारण गर्ने काम पनि यस विद्यालयले निरन्तर रुपमा गरिरहेको छ । वाइफाईको पहुँचमा नभएका विद्यार्र्थीहरुलाई कसरी सिकाइ सहजीकरण गर्ने भनेर विद्यालयले गम्भीर छलफल गरी शिक्षकहरूको २० ओटा टोली निर्माण गरी विद्यालय वरपर रहेका क्षेत्रहरु जस्तै आँबु गाउँ, खान्टोक, पानी घट्टा, मिलनचोक, ढकालटार, ढापटार, कानटार, याङ्कोट र बिभिन्न टोलहरुमा शिक्षकहरुलाई परिचालन गरी त्यस क्षेत्रमा रहेका विद्यार्र्थीहरूको नामावली संकलन गर्ने र सम्बन्धित क्षेत्रका अभिभावकहरूको रायसुझाव लिने काम गत असार २५ र २६ गतेभित्र सम्पन्न गरि सकेको जनाएको छ । उक्त टोलीद्वारा तयार गरिएको प्रतिवेदन अनुसार अहिले प्रत्येक दिन हरेक टोलमा २÷२ जना शिक्षकहरुको टोली निर्माण गरी कक्षा १ देखि ५ सम्मका लागि रामशाह विद्यालय अभियान कार्यक्रम आज असार २९ गतेदेखि सुरुवात गरिएको छ । साथै यो कार्यक्रम कक्षा ६ देखि १० सम्मका विद्यार्र्थीहरूको लागि पनि तुरुन्तै सञ्चालनमा ल्याइने योजना बनाइएको विद्यालयले जनाएको छ । यस किसिमको अभियानबाट भर्चुअल क्लासमा नसमेटिएका विद्यालयका करिब ६०० विद्यार्र्थी लाभान्वित हुने अनुमान गरिएको छ । विद्यालयको यस अभियानमा सम्पूर्ण शिक्षापे्रमी, विद्यालयका सम्पूर्ण अभिभावक तथा विद्यार्र्थीहरुलाई सहयोग पु¥याईदिका लागि विद्यालयले हार्दिक अपिल गरेको छ । विद्यालयको तथ्यांक अनुसार लकडाउनको कारण अझै करिब ६०० विद्यार्र्थीहरु विद्यालयको सम्पर्क बाहिर रहेको र ती विद्यार्र्थीलाई चाडो भन्दा चाडो सम्पर्कमा ल्याई शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउने कार्यमा विद्यालय प्रशासन निरन्तर जुटिरहेको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.