पत्रकार गुरूङमाथि हातपात गर्ने वडाध्यक्ष लाइ कडा कारवाहीको माग

लमजुङ, १८ असार
लमजुङका पत्रकार आस गुरुङमाथि वडाध्यक्षले हातपात गरेका छन्।
कान्तिपुर टेलिभिजनका लमजुङका सम्बादाता आस गुरुङमाथि समाचार प्रकाशनको विषयलाई लिएर बेसीशहर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष गोविन्द बस्नेतले हातपात गरेका हुन्।

नेपाल प्रेस युनियन लमजुङ शाखाका उपाध्यक्षसमेत रहेका गुरुङलाई कामको शिलशिलामा सदरमुकाम बेसीशहर–८, नारायणस्थानमा रहेको जनप्रेमी छापाखानामा बसिरहेका बेला वडा अध्यक्ष बस्नेतले अश्लिल शब्द प्रयोग गर्दै धम्कीपूर्ण भाषामा गालीगलौज सहित हातपात गरेका हुन्।
आफूमाथि हातपात र अभद्र व्यवहार भएको भन्दै पत्रकार गुरुङले वडाध्यक्ष बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।

यसैबीच, पत्रकार गुरुङमाथि भएको अभद्र व्यवहारप्रति नेपाल पत्रकार महासंघ लमजुङ शाखा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लमजुङ शाखा र नेपाल प्रेस युनियन लमजुङ शाखाले भत्र्सना गर्दै वडाध्यक्ष बस्नेतमाथि कडा कारवाहीको माग गरेका छन्।

प्रकाशित समाचार विषयमा असहमति भए त्यसका लागि कानूनी प्र्रक्रिया अपनाउन सकिने प्रशस्त प्रावधान भएपनि जिम्मेवार जनप्रतिनिधबाट नै यस्तो गैरजिम्मेवार शैलीबाट पत्रकारमाथि आक्रमणको प्रयास गर्नु खेदजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.