बराबरीमा रोकियो लिभरपुल, चेल्सीको संघर्षपूर्ण जीत

बेलायत- लिभरपुलका म्यानेजर योर्गन क्लवले ‘विश्व स्तरीय’ गोलकिपर एलिसनको प्रशंसा गरेका छन् ।

उनले अन्तिम समयमा गरेको उत्कृष्ट सेभका कारण लिभरपुलले एभर्टनविरुद्ध बराबरी गर्दै एक अंक बटुल्न सफल भएको छ ।

डोमिनिक कालभेर्ट लेविनको प्रयासलाई ब्राजिलियन गोलकिपरले सुन्दर बचाउ गरेका थिए ।

अब लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्नका लागि ५ अंकको आवश्यकता रहेको छ ।

तर, सोमबार इतिहाद स्टेडियममा म्यान्चेस्टर सिटीले बर्नलीलाई हराउन असफल रहे एनफिल्डमा क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले ३० वर्षदेखि लिग उपाधिको प्रतिक्ष अन्त्य गन सक्नेछ ।

गुडिसन पार्कमा खेलिएका पछिल्ला आठमध्ये सात खेल बराबरीमा टुंगिएको छ ।

एभर्टन र लिभरपुलबीचका खेलहरु सर्वाधिक ११ पटक गोलरहित बराबरीमा टुंगिएका छन् । लिभरपुल एभर्टनविरुद्धका पछिल्ला २२ खेलमा अपराजित रहेको छ ।

उता, एक गोलले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले एस्टन भिल्लामाथि २–१ को जीत हासिल गरेको छ ।

कोर्टने हाउसेले पहिलो हाफमा गोल गर्दै भिल्लालाई अग्रता दिलाए पनि दोस्रो हाफमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुले दुई मिनेटमा अन्तरमा गोल गर्दै चेल्सीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

३० खेलपछि ५१ अंकसहित चेल्सी लिगको चौथो स्थानमा रहेको छ ।

भिल्ला भने २६ अंकसहित रेलिगेसन जोनमा रहेको छ । यो सिजन भिल्लाले पहिले गोल गरेर पनि आफ्ना पाँच खेल हारेको छ ।

अन्य खेलमा रेलिगेसनबाट बच्न संघर्षरत न्युक्यासलले सेफिल्ड युनाइटेडलाई ३–० गोलअन्तरले पराजित गर्यो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.