गाेरखा संसार
२६ जेठ
अफगानिस्तान क्रिकेट टिमका खेलाडीहरुले काबुलमा अभ्यास शुरु गरेका छन् । कोरोना भाइरसको महामारीका कारण लकडाउनमा रहेका खेलाडीहरुलाई आइतबारदेखि प्रशिक्षणमा बोलाइएको हो ।
पहिलो चरणको अभ्यासमा २२ जना खेलाडीलाई बोलाइएको छ । काबुल क्रिकेट स्टेडियममा शुरु भएको अभ्यासमा राशिद खान, मोहम्मद नाबी लगाएतका खेलाडीहरु सहभागी भएका छन् । यि खेलाडीको अभ्यास १ महिनासम्म चल्ने जनाइएको छ ।
अफगानिस्तानका खेलाडीको सूची यस प्रकार छ ।
असगर अफगान, रहमनुल्लाह गुरबाज, हजरतुल्लाह जजई, करीम जनत, मोहम्मद नबी, नजीबुल्लाह जादरान, गुलबदिन नैब, राशिद खान, नवीन उल हक, शपूीर जादरान, कैस अहमद, मुजीब उर रहमान, अजमतुल्लाह उमरजई, समीउल्लाह शिनवारी, उस्मान घानी, मोहम्मद शहजाद, सैयद शिरजाद, दर्विश रसूली, जाहिर खान, फरीद मलिक, हमजा होटक र शरफुद्दीन अशरफ ।