Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
प्रविधीमैत्री शिक्षक समाज गाेरखाकाे अध्यक्षमा सापकाेटा चयन

प्रविधीमैत्री शिक्षक समाज गाेरखाकाे अध्यक्षमा सापकाेटा चयन

जेठ २१, गोरखा ।
प्रविधीमैत्री शिक्षक समाज गाेरखाले गणेशराज सापकाेटाकाे अध्यक्षतमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेकाे छ ।
समाजकाे गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पाैडेलकाे अध्यक्षतामा सम्पन्न भेलाले समिति गठन गरेकाे हाे ।
शिक्षकहरुलाई प्रविधियुक्त बनाउन सीप सिकाउने उदेश्यले गोरखाका शिक्षकहरु संगठित भएका छन् । भिडियो कन्फ्रेन्स मार्फत भएको शिक्षकहरुको भेलाले गोरखा जिल्ला प्रविधिमैत्री शिक्षक समाज गठन गरेको हो । समाजको अध्यक्षमा गणेशराज सापकोटा चयन हुनुभएको छ । समाजको उपाध्यक्षमा सन्तराम श्रेष्ठ र दुर्गा अधिकारी, सचिवमा प्रकाश पोखरेल र कोषाध्यक्षमा सुमन ज्ञवाली चयन हुनुभएको छ ।
सदस्यहरुमा भिमनारायण श्रेष्ठ, राजेन्द्र रोका, सम्झना श्रेष्ठ, मायानाथ अधिकारी, बेदशर्मा भट्ट, सञ्जय ढकाल, सन्तोष धिताल, गीता सिम्खडा र गणेश परियार चयन हुनुभएको छ । भेलाले प्रदेश प्राविधिक समितिको सदस्यका लागि सुरेन्द्र देवकोटा र अनुपबाबु श्रेष्ठलाई सिफारिस गरेको छ भने प्रदेश प्रतिनिधीमा पुर्णप्रसाद ढकाल चयन हुनुभएको छ ।
एकान्तबासबाटै प्रविधीकाे प्रयाेग गरी सञ्चालन गरिएकाे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा समाजका केन्द्रीय अध्यक्ष भूपति बस्याल, शिक्षा बिकास समन्वय इकाइ गाेरखाका प्रमुख, सबै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरू तथा समाजका केन्द्रीय सदस्यहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अहिले विद्यालयहरु बन्द भएका छन् । नियमित रुपमा विद्यालयमा पठनपाठन सञ्चालन गर्न नसक्ने यस्तो अबस्थामा अनलाईन एवं सञ्चारका अन्य माध्यमबाट कक्षा सञ्चालनका लागि शिक्षकहरुको सीप विकास गर्ने उदेश्यले समाज गठन गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो । समाजले शिक्षकहरुलाई प्रविधियुक्त बनाउन तालिमहरु सञ्चालन गर्ने योजना बनाएको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.