काठमाडौं । घर फिर्तीको माग गर्दै प्रदर्शनका बेला डिउटीमा रहेका प्रहरीलाई कुट्ने चिनियाँ नागरिकहरु छुटेका छन् । सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा २६ वैशाखमा उनीहरु पक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज उनीहरुलाई पाँच हजार धरौटीमा छाड्न आदेश दिएको हो । उनीहरु आजै छुटिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रदर्शनका बेला नियन्त्रण लिन खोज्दा चिनियाँ नागरिकले प्रहरीलाई कुटेका थिए । त्यसक्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र एक जना प्रहरी जवान घाइते भएका थिए ।