बैंकहरू अब अालाेपालाे गरी खुल्ने , कुन बैंक कुन दिन खुल्ने सूचीसहित

गाेरखा संसार

बैशाख ३१,तनहुँ

तनहुँको बन्दिपुर गाउँपालिका भित्र  सञ्चालनमा आएको सम्पुर्ण बैकहरुमा भिड बढेको गुनासो आएकोले अब देखि बैंकहरू अालाेपालाे खुल्ने भएका छन् ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाको प्रमुख आतिथ्यतामा बुधबार (आज)डुम्रेमा सम्पुर्ण बैकका शाखा प्रमुखहरुको उपस्तिथिमा सुरक्षित रूपमा बैक संचालन गर्ने सम्बन्धि छलफल गरिएको थियो। छलफलको निर्णय अनुसार प्रत्येक दिन बिहान ११ बजे देखि दिउँसो १बजेसम्म  निम्नानुसार हप्तामा पर्ने गरि बैंक खोल्ने निर्णय गरिएको वडा अध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को रोकथाम र न्यूनीकरण विरुद्ध प्रतिकार्यका लागि तनहुँको बन्दिपुर गाउँपालिकाकाले गाउँपालिका भित्र  सञ्चालनमा आएको सम्पुर्ण बैकहरुमा भिड बढेको गुनासो आएकोले यहि २०७७ जेष्ठ १ गतेदेखि लागु हुने गरि बैक खोल्ने सम्बन्धि नयाँ नियम लागु गरेको हो।

कुन बैंक कुन दिन खुल्ने त ?

आइतबार : 
नेपाल बैंक , एन एम बि बैंक र ग्लोबल आई एम इ बैंक

सोमबार :
एन आई सि एसिया बैंक  , पोखरा फाइनान्स र प्राईम बैंक र
एन एम बि बैंक,बन्दिपुर

मंगलवार : 
नेपाल बैंक ,मुक्तिनाथ बिकास बैंक, सनराईज बैंक र प्रभु बैंक र एन आई सि एसिया बैंक,बन्दिपुर

बुधबार :
कृषि बिकास बैंक, गरिमा बिकास बैंक,सिद्धार्थ बैक र ग्लोबल आई एम इ बैंक,बन्दिपुर

बिहीबार :
नेपाल बैंक , साङ्ग्रीला बिकास बैंक, कामना सेवा बिकास बैंक

शुक्रबार :

मुक्तिनाथ बिकास बैंक,कृषि बिकास बैंक,एन आई सि एसिया बैक
कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा वडा न १ का अध्यक्ष भानुभक्त पोख्रेल , ईलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी सहायक निरीक्षक दिनेश पौडेल,पत्रकार तथा बैंकका प्रमुखहरुको उपस्थित रहेको थियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.