Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
बारीमा कुहिँदै किसानको तरकारी

बारीमा कुहिँदै किसानको तरकारी

बारा,३० वैशाख

लकडाउन पछि किसानहरूले उत्पादन गरेकाे तरकारी बिक्री नहुँदा बारीमै कुहिन थालेकाे छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन गरेपनि अत्यावश्यक वस्तु एवम् कृषि उत्पादनको ढुवानी सहज बनाउने सरकारले बताउँदै आएको छ । तर, किसान भने आफ्नो उत्पादन बिक्री नभएर समस्यामा परेका छन् । एकातिर तरकारी आपूर्ति कम हुँदा उपभोक्ता महँगोमा खान बाध्य छन् भने अर्कोतर्फ ढुवानी नहुँदा किसानले लाखौँको नोक्सानी व्यहोर्नुपरेको छ । बारामा तरकारी बारीमा नै असरल्ल छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का असद आलमले केहि साथीहरूसँगको सहकार्यमा २५ बिगाह जमिन भाडामा लिएर ब्यवसायीक तरकारी खेती गर्नुभएको छ । अहिले बारीमा टमाटर, काउली, भण्टा, बोडी लगायतका तरकारी लटरम्म फलेका छन् । करिब ७० लाख रुपयाँ लगानी लगाएर गरेको खेतीले बजार नपाउँदा असदको भोक निद्रा हराएको छ । जीतपुरकै अर्का किसान मोहम्मद ईम्तीयाजलाई पनि बन्दाबन्दीले ठुलो क्षती पुगेको छ । ब्यवसायीक तरकारी खेती गर्नुभएका उहाँको बिगतका वर्ष यस सिजनमा हरेक दिन लाखौँको व्यापार हुने गरेकोमा दैनिक पाँच हजारमा चित्त बुझाउनुपर्ने बाध्यता छ । एकातिर तरकारीले बजार नपाएको पीडा छ, अर्कोतर्फ चोरीको समस्या । लकडाउनले बेरोजगारी बढ्दै जाँदा यसवर्ष बारीबाटै तरकारी चोरी हुन थालेको बताउनुहुन्छ, अर्का किसान अलि राज । आफ्नो उत्पादनलाई सहज र सुरक्षित रुपमा बिक्रि गर्ने वातावरण मिलाईदिनुपर्ने माग किसानहरूको छ । तर उत्पादनलाई तत्काल कुनैपनि माध्यमबाट बाह्य बजारसम्म पु¥याउन सकिने अवस्था नरहेको जीतपुरसिमरा उपमहानगरपालिकाले भनिरहेको छ । लाखौँको लगानीमा ब्यवसायीक खेती गर्दै आएका किसानहरुले हेटौँडा, नारायणगढ, काठमाण्डौ लगायतका बजारमा पु¥याउँदै आएको तरकारी स्थानीय बजारमा मात्रै खपत हुन नसक्ने अवस्था छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.