उपचार गराउन अस्पताल पुगेका विप्लव नेता प्रहरी नियन्त्रणमा

चितवनः नेत्रविक्रम चन्द विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा “विरही”लाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको हो ।  लामो समयदेखि भूमीगत रहेका नेकपा विप्लव समूहका नेता अनिल शर्मा विरही पक्राउ परेका हुन् । उनलाई भरतपुर मेडिकल कलेज ( पुरानो मेडिकल ) बाट पक्राउ गरिएको हो । चितवन घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले उपचारका लागि पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनको मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.