लकडाउनको सदुपयोग : नाङ्लो बुन्न व्यस्त भुजेल समुदायका बालबालिका

गाेरखा संसार
डिपि अधिकारी
तनहुँ, बैशाख २१
कोरोना भाइरस संक्रमण फैलन नदिन तथा जोखिम न्यूनिकरणका लागि भन्दै मुलुक अहिले लकडाउनको अवस्थामा छ । चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण सबै शैक्षिक संस्थाहरु पनि बन्द छन् । नियमित विद्यालय सञ्चालन भएको भए यतिबेला नयाँ शैक्षिक सत्र सुरु भई सबै बालबालिका विद्यालय पुग्ने थिए । तर, विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका त्रासले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा समेत र्सार्वजनिक हुन सकेको छैन ।
तनहुँकाे वन्दीपुर स्थित भुजेल गाउँका भुजेल बालबालिकाहरू भने लकडाउनकाे समयलाइ सदुपयाेग गर्दै १, २ घण्टा पढाइमा लगाउने र बाँकि समयमा बाबु अामासँग नाङलाे बुन्न सिकिरहेका छन् ।
यसले विद्यार्थीहरूका लागि घरमै बसेकाे समयमा सीप सिक्ने अवसर प्राप्त भएकाे बालबालिकाहरू बताउँछन् ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.