अमरराज नहर्की
तनहुँ, वैशाख १९ गते । तनहुँमा शैक्षिक क्षेत्रलाई गतिशिल बनाईने भएको छ । शैक्षिक क्षेत्रसँग सम्बन्धि सबै गतिशिल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइले बुधबार गरेको सरोकारवालासँगको बैठकले गतिशिल बनाउने निर्णय गरेको हो । अनलाइन मार्फत तनहुँ जिल्लाका सबै स्थानीय तहमा कार्यरत शिक्षा शाखाका प्रमुख, उपसचिव, शाखा अधिकृत, प्राविधिक सहायक र शिक्षा विकास तथा समन्वय इकाइमा कार्यरत इकाइ प्रमुख र शाखा अधिकृतहरुको बैठकले गतिशिल बनाउने निर्णय गरेका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ, तनहुँका प्रमुख रमाकान्त शर्माको शैक्षिक क्षेत्रमा भएको ठप्पलाई विभिन्न ट वटा उपाएद्धारा सक्रिय बनाउने निर्णय भएको जानकारी दिनुभयो । लकडाउन भन्दा पहिला नतिजा प्रकाशन गर्न छुट भएका विद्यालयहरुले सामाजिक दुरी कायम गर्दैै नेपाल सरकारले जारी गरेका लकडाउनका नियमहरु पालना गर्दै नतिजा तयार गरी विद्यार्थीसम्म पु¥याउने । नतिजा प्रकाशन गर्दा विद्यार्थीहरु घरघरमा रहेर नै नतिजा जानकारी पाउने वातावरण निर्माण गर्ने निर्णय गरिएको इकाई प्रमुख शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार हरेक स्थानीय तहले अनलाईनबाट आफ्नो नगरपालिका तथा गाउँपालिका भित्रका सवै विद्यालयका प्रधानाध्यापकहरुको बैठक आयोजना गर्ने र कोभिड १९ ले ल्याएको परिवेसमा पनि बालबालिकाको सिकाइलाई निरन्तरता दिन सकिने सम्भावित कार्यको खोजी गर्ने निर्णय भएको छ ।
यसैगरी नयाँ.पाठ्यपुस्तक एक एक सेट वालवालिकालाई पु¥याउन प्रयास गर्ने । सम्भव भए सम्म वालवालिका रमाउने खालका कथा कविताका पुस्तकहरु वितरण गरी पढ्ने बानी निर्माणमा सहयोग गर्ने निर्णय भएको छ । यसैगरी हरेक विद्यालयमा कक्षा शिक्षक मार्पmत बालबालिकाका अभिभावकलाई फोन गरी बाबालिकालाई सिकाइमा सहयोग गर्न तथा सिकाइ योग्य वातावरण निर्माण गर्न अनुरोध गर्ने । कक्षा शिक्षक नतोकिएका विद्यालयहरुमा कक्षा शिक्षक तोक्ने व्यवस्था मिलाउने निर्णय भएको छ । अहिलेको फुर्सदको अवस्थामा सबै शिक्षकहरु शिक्षण सिकाइमा सूचना प्रविधि प्रयोग गर्न सक्ने गरी तयारी गर्ने तथा शिक्षकको सूचना प्रविध प्रयोग सम्वन्धी क्षमता विकास गर्ने निर्णय पनि गरिएको इकाईले जनाएको छ । इकाईका अनुसार .हरेक स्थानीय तहमा यस बैठकले गरेका निर्णयको कार्यान्वयन र यस अवस्थामा पनि सिकाइलाई निरन्तरता दिन गरेका सकारात्मक कार्यहरु अर्को बैठकमा प्रस्तुत गरिने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवि पुनसँग भिडियो मार्पmत मङ्गबार सरोकारवालासँग गरिएको शैक्षिक क्षेत्र गतिशिल बनाउने उपाएको बारेमा छलफल गरिएको थियो ।
तनहुँमा शैक्षिक क्षेत्रलाई गतिशिल बनाईने
Facebook Comments Box