तनहुँमा २५ जना क्यारेन्टाइनमा

अमरराज नहर्की

तनहुँ समाचारदाता , वैशाख १३ गते ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका  वेला भारत तथा नेपालका विभिन्न ठाउँबाट तनहुँ आइपुगेका २५ जनालाई शुक्रबार देखी क्यारेन्टाइनमा राखिएको छ । भारत लगायत देशका विभिन्न ठाउँबाट तनहुँ आइपुगेका ती व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिकामा १० जना, बन्दिपुर गाउँपालिकामा ४ जना र भानु नगरपालिकामा ११ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले बताए । स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो ।

 

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.