काठमाडौं,८ वैशाख
काठमाडौँबाट एक सय १० जना रुसी नागरिक बोकेर रुसको वायुसेवा कम्पनी मस्कोका लागि उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौँ आएको थियो । बिहान साढे १० बजे काठमाडौँ अवतरण गरेको जहाज मध्यान्ह् पौने एक बजे मस्कोका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो । नेपालले अन्तर्राष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र आन्तरिक रूपमा घोषणा गरेको बन्दाबन्दीका कारण नेपालमै रहेका रुसका नागरिक बोकेर उक्त जहाज मस्को लागेको हो । युरोप र अमेरिकाका धेरै मुलुकले नेपालबाट आफ्नो नागरिक फिर्ता लगिसकेका छन् । लकडाउनयता नेपालबाट ४ हजारभन्दा बढी विदेशी नागरिक चार्टर्ड उडानबाट आफ्नो मुलुक फिर्ता भइसकेका छन् ।
अाज १ सय १० रूसी नागरिक उडेसँगै लकडाउनमा ४ हजार बढी बिदेशी नागरिक अाफ्नाे देश फिर्ता
Facebook Comments Box