पालुङ्टारमा २९ जनाको स्वाब परिक्षण हुँदै

गोरखा संसार
चैत्र ३०, गोरखा

गोरखाको पालुङ्टार नगरपालिकाका २९ जनाको स्वाब परिक्षण गरिने भएको छ । नगरपालिकाले कोरोना संक्रमण शुरु भएदेखिको अवधीमा विभिन्न मुलुकबाट नेपाल आई आफ्नै घरमा बसेका व्यक्तिहरुको स्वाब परिक्षण गर्ने योजना बनाएको नगरपालिकाका नगरप्रमुख दिपक बाबु कंडेलले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार कोरोना संक्रमणपछि विदेशबाट आएकाहरुको विवरण संकलन गरिसकिएको र हाल नगरपालिकामा कोेरोना परीक्षणको आर.डि.टी. किट समेत प्राप्त भइसकेको हुनाले नगरपालिकाको २ स्थानबाट उनीहरुको स्वाब संकलन गरी परीक्षण गरिने समेत नगरप्रमुख कंडेलले बताउनुभयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उदय बहादुर अधिकारीले आज एक सूचना जारी गरी २०७७ बैशाख ४ गतेका दिन बर्थिङ सेन्टर ठाँटीपोखरी र खत्रीटार शहरी स्वास्थ्य केन्द्र च्याङ्लीमा RDT कीट मार्फत कोरोनाको परीक्षण गरिने बताउनुभएको छ ।

को को छन त परीक्षण गरिनेहरु (नाम लिष्टसहित) :

 

 

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.