टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म संचालन हुने

गाेरखा संसार

चैत्र १७, जापान

जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुद प्रतियोगिता एक वर्ष पछि सरेको छ । ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण एक वर्ष सरेको ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको हो । उक्त घोषणा अन्तर्रािट्रय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि भएको हो।

नयाँ मिति अनुसार अब टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म संचालन हुने छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित गरिएको थियो ।

यसअघि एक वर्षका लागि ओलम्पिक सार्न जापानी प्रधानमन्त्री सिञ्जो आवे लगायत विभिन्न राष्ट्रले अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई प्रस्ताव गरेका थिए ।

यसै वर्ष तय भएको ओलम्पिक विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको थियो ओलम्पिकको एक सय २४ वर्षको इतिहासमा पहिलो पटक ओलम्पिक खेलकुद तोकिएको मितिभन्दा पछि सारिएको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.