गाेरखा संसार
फागुन २४, पोखरा :
कोरोना भाइरसका कारण धरासायी बन्दै गएको पोखराको पर्यटन ब्यवसायलाई कोरोना मुक्त गर्न लेकसाइटको एक लाउन्ज बारले आफ्नो तर्फबाट सर्तकता अनपाउँदै कोरोना चेक गर्ने मेसिन राखेर प्रयोगमा ल्याएको छ । पोखरा लेकसाइडको ट्रेजर लाउन्ज बारले आफ्नो बार भित्र पस्ने मुल गेटमा टेमप्रेचर गन मेसिनले चेक गरेर मात्र प्रवेश गराउने तथा सेनिटाइजर र मास्कको फ्रि सुबिधा प्रदान गरेको छ ।
ट्रेजर लाउन्ज बारका संचालक मध्येका एक किरण बरालका अनुसार कोरोनाका कारण संसार नै प्रभावित बनेको यो समयमा सबै सजग रहनुपर्ने बताए । उनले आफुहरुले सेनिटाइजर तथा मास्क निशुल्क प्रदान गर्नुका साथै मुल गेटमा टेम्प्रेचर गनले चेक गर्ने ब्यवस्था गरेको बताए । दुई वटा टेम्प्रेचर गन प्रयोगमा राखिएको पनि उनले जानकारी दिए । त्यी दुइ टेम्प्रेचर गन नेपालमा उपलब्ध नभएर बिदेशबाट मगाएरको पनि उनले बताए ।