गोरखा संसार
फागुन १७, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ मा चाम्पानी खानेपानी को उदघाटन कार्यक्रम सम्पन्न भएको छ । उदघाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख कंडेलले हाम्रा उत्पादनमुखी हातहरु अल्छी हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । सोही अवसरमा उहाँले यस च्याङ्लीमा विगतका दिनहरुमा उखु, बदाम, केरा लगायतका कृषि उत्पादनहरु बिक्री गरिनेभएको भएतापनि पछिल्ला दिनहरुमा उत्पादनमा ध्यान नदिएको बताउनुभयो । त्यस्तै गरी उहाँले धौखोलाको पानी सोचेअनुरुप सफल नभएकोमा पनि चिन्ता व्यक्त गर्नुभएको थियो ।
शुद्ध खानेपानी बिना स्वस्थ जीवनको कल्पना गर्न नसकिने हुँदा खानेपानीको योजनालाई आफूले प्रमुख प्राथमिकतामा राखेको पनि नगर प्रमुख कंडेलले बताउनुभयो ।
चाम्पानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा बिशेष अतिथिको रुपमा बोल्दै वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ ले यस वडाकै सवैभन्दा सफल आयोजना रहेको बताउनुभएको थियो । जसमा समितिकी सचिव संगीता कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वाँरा सघनका कार्यकारी निर्देशक सीताराम श्रेष्ठ, वडा सदस्य भगवती कुमाल, भोज बहादुर मास्की लगायतकाले मन्तव्य राखेका थिए ।
खानेपानी आयोजना स्वाँरा सघनको प्राविधीक सहयोग, केयर नेपालको सामग्री सहयोग र नगरपालिकाको समेत सहयोगमा कूल ६२ लाखको लागतमा सम्पन्न भएको थियो । आयोजनाबाट ९१ घरधुरीमा धारा जडान गरिएको छ । त्यस्तै गरी यस वडामा केही अन्य खानेपानी आयोजना पनि निर्माणाधीन अवस्थामा रहेका छन भने स्थानीय सरकार छिटै एक घर एक धारा को लाई सार्थकता दिन लागिपरेका छन् ।
पालुङ्टार ७ का ९१ घरमा धारा जोडियाे, नगरप्रमुखद्धारा उदघाटन, लागत ६२ लाख
Facebook Comments Box