मङ्गलेश्वर महादेव मन्दिर मा च्याङ्ली शिवरात्री धार्मिक मेला सम्पन्न

पालुङ्टार नगरपालिका वडा नं ७ च्याङ्ली खोलाघाटमा रहेको मङ्गलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्व अवसरमा शिवरात्री धार्मिक मेला सम्पन्न भएको छ
मङ्गलेश्वर महादेवमन्दिरमा शिवरात्री मेला २०८१ का संयोजक राजुबहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले यो ऐतिहासिक मन्दिर भएको हुँदा यसको संरक्षणका लागि आवश्यक बजेट नगरपालिकाको तर्फबाट आगामी बजेट निर्माणका क्रममा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल विशेष अतिथिको रुपमा रहनुभएको उक्त कार्यक्रमको सञ्चालन गोरखा संसार मिडिया प्रालीका सञ्चालक डा .

रविन्द्र कडेलले गर्नुभएको थियो भने कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डिपी अधिकारीको विशेष उपस्थिति रहेको थियो ।
सयौँ वर्ष पुरानो इतिहास बोकेको उक्त मन्दिरमा हरेक वर्ष शिवरात्रीका दिन विविध कार्यक्रमहरू गरिँदै आउने गरेको छ। मन्दिरमा बिहान ६ बजेदेखि नै पूजा गर्ने दर्शनार्थीहरूको उपस्थिति रहेको थियो। दर्शनार्थीहरूको भिडभाड दिउँसो ३ बजेसम्म भइरहेको थियो त्यस्तैगरी दिउँसो ओमकार योग आयुर्वेद गुरुकुलका पण्डित आचार्य गोविन्द रेग्मीको मुखारविन्दबाट शिवपुराण वाचन गरिएको थियो। त्यस्तैगरी ओमकार युग आयुर्वेद गुरुकुलमा राख्नका लागि ल्याइएको महादेवको मूर्ति दिनभर र रातैभर मन्दिरमा राखेर दर्शन गराइएको थियो।
त्यस्तैगरी साँझ ८ बजेबाट रातको २ बजेसम्म राष्ट्रिय कलाकारहरूको प्रस्तुति राखिएको थियो। लोक तथा दोहोरी गायकहरु सुमन परियार रेजिना परियार विष्णु बराल र शान्ति कार्की को विशेष प्रस्तुतिहरु रहेका थिए भने साथमा पालुङटार नगरपालिका वडा नम्बर ७ का महिलाहरूको पञ्चेबाजाले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो। यस वर्ष मन्दिरमा रातभर जाग्राम बसी बत्ती बाल्नेको सङ्ख्या करिब १०० को हाराहारीमा रहेको थियो।
आयोजकका अनुसार यस वर्ष १ हजारभन्दा बढीले मन्दिरको दर्शन गरेको बताइएको छ । यस स्थानमा मन्दिर दर्शन तथा रात्रीजाग्रामको लागि गोरखा तनहुँ र लमजुङ लगायतका विभिन्न स्थानहरुबाट हरेक वर्ष श्रद्धालु भक्तजनहरू आउने गरेका छन्।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.