जिप्रकाभित्र रहेको चम्किलो ढुंगाको परीक्षण रिपोर्ट दुई दिनमा आउने

प्रहरीले बरामद गरेको चम्किलो ढुंगाको मंगलवार परीक्षण भएको छ । खानी तथा भूगर्भ बिभागबाट आएको विज्ञ टोलीले ढुंगाको परीक्षण गरेको हो । दुई दिनभित्र परीक्षणको रिपोर्ट बुझाइने टोलीले जनाएको छ ।

‘सबै उपकरण लिएर आउन सम्भव भएन,’ परीक्षणका लागि आएका मध्येका एक जियोलोजिष्ट डा. सुस्मिता भण्डारीले भनिन्, ‘ल्याउन मिल्ने जति उपकरण ल्याएर आज परीक्षण ग¥यौँ, दुई दिनभित्र यसको रिपोर्ट बुझाउँछौ ।’ उक्त चम्किलो ढुंगा क्वार्ज क्रिष्टल भएको प्रारम्भिक परीक्षणबाट खुल्न आएको उनले बताइन् । ‘खानी तथा खनिज पदार्थ नियमावली २०५६ को अनुसूची १ मा खनिजलाई अति महत्वपूर्ण, महत्वपूर्ण तथा बहुमूल्य र सामान्य गरी तीन भागमा बर्गीकरण गरिएको छ, यो ढुंगा क्वार्ज क्रिष्टल भएकाले महत्वपूर्ण तथा बहुमूल्य खनिज अन्तरगत पर्छ,’ उनले भनिन् । क्वार्ज क्रिष्टलको पनि बिभिन्न प्रकार हुने भएकाले परीक्षणको रिपोर्टबाट मात्र खुल्ने उनले जानकारी दिइन् । क्वार्ज क्रिष्टल गरगहनादेखि बिभिन्न उपकरणमा प्रयोग हुने उनको भनाइ छ ।

प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलको एक घरबाट उक्त ढुंगा बरामद गरेको हो । उक्त ढुंगाको तौल ५४ केजी रहेको छ । यति ठूलो आकारको ढुंगाको कमै मात्रामा पाइने गरेको जियोलोजिष्ट भण्डारीले बताइन् । ‘३५ केजीसम्मको यस्तै ढुंगा त हामीले देखिरहेकै हो तर ५४ केजीको अलि ठुलै हो, प्राय भेटिदैन,’ उनले भनिन् ।

प्रहरीले बरामद गरेको ढुंगा परीक्षणका लागि बिभागमै लाने चर्चा थियो । तर स्थानीयले बिरोध गरेपछि प्रशासनको समन्वयमा बिभागको टोली जिल्लामा बोलाइएको हो । जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको उक्त ढुंगा परीक्षणका लागी बिभागबाट जियोलोजिष्ट डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखे आएका हुन् ।

दराैंदीबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.