दोषीलाई कुनै पनि हालतमा उम्कन दिइदैन – गृहमन्त्री श्रेष्ठ

गोरखा, ९ साउन :

नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने र दोषीलाई कुनै पनि हालतमा उम्कन नदिने बताउनुभएकाे छ ।

गाेरखा जिल्लामा श्रावण ९ गते भएकाे पत्रकार सम्मेलनमा बाेल्दै उहाँले साे कुरा बताउनुभएकाे हाे । श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताउनुभयो ।

ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउने साथै तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उहाँको भनाइ थियो ।

त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनाप्रति लक्षित गर्दै  उहाँले साे कुरा बताउनुभएकाे हाे ।

भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताउनुभयो । आम जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी सम्बृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।

जनताको जीवनस्तरमा परिवर्तन गर्न सम्बृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको र पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताए ।

श्रेष्ठ बुद्धिजीविहरुको गोरखा प्रशिक्षणमा प्रमुख अथितिको आतिथ्यताका लागि गोरखा आउनुभएको थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.