गणित बिषयको एक दिने अन्तर्राष्ट्रिय सम्मेलन यहि जेष्ठ २७ गते कोशी प्रदेशको सुन्दर नगरी इटहरीको कस्तुरी कलेजमा ऐतिहासिक रुपमा भब्यताका साथ सम्पन्न भएको छ। गणित शिक्षा परिषद् केन्द्रीय समिति, त्रिभुवन विश्वविद्यालय गणित बिभाग ,MathKind USA को संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गणित बिषयका विज्ञहरुद्वारा १२ ओटा कक्षाकोठामा विभिन्न २४ शिर्षकमा ३/३ वटा सत्रमा कोशी प्रदेशका गणित बिषयका शिक्षक हरुलाइ नबिनतम विधि र पद्धतिको बारेमा तालिम प्रदान गरेका थिए। गणित लाइ जीवन र खेलसँग जोडेर कसरी सजिलो तरिकाले अध्यापन गराउन सकिन्छ भनेर बिभिन्न सत्रमा अतिथि गणितिज्ञहरुले विभिन्न तरिकाले प्रशिक्षण प्रदान गरेका थिए।
त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति तथा गणित शिक्षा परिषद् नेपालका राष्ट्रिय अध्यक्ष डा. हिरा बहादुर महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा , परिषदका राष्ट्रिय उपाध्यक्षहरू प्रा उमानाथ पाण्डे ,रमेश प्रसाद अवस्थी , महासचिब श्रीप्रसाद घिमिरे र केन्द्रीय सदस्यहरू गुरू पौडेल,रामकृष्ण पन्थी, प्रेमा कुमारी ढकाल , घनश्याम अधिकारी निवर्तमान कोशी अध्यक्ष जीवन नेपाल लगायतको उपस्थिति रहेको थियो । उत्त कार्यक्रममा उपाध्यक्ष रमेश कुमार अवस्थी , सल्लाहकार दण्डपाणी गौतम, इटहरी उपमहानगरपालिका का शिक्षा महाशाखाका उपसचिव सुर्य प्रसाद सुबेदी , कस्तुरी कलेजका प्रिन्सिपल भुपेन्द्र न्यौपाने , Dr.Chhad McGlone,
डा. भेष प्रसाद मैनाली लगायतले आ-आफ्ना धारणा राखेका थिए। उक्त अबसरमा डा. महर्जनले यो ऐतिहासिक सम्मेलनले गणित शिक्षा परिषद्लाई हौसला प्रदान गरेको र छिट्टै नै एउटा गणितको प्रयोगशाला स्थापित गरी देशभरका गणित बिषयका शिक्षक लाइ त्यही बाट अनलाइन तालिम प्रदान गरिने बताए भने उपाध्यक्ष अवस्थीले बिगत १० बर्षदेखि सहकार्य गर्दै आएकोमा math kind USA लाई धन्यवाद ज्ञापन गरी आगामी दिनमा पनि यस्तै सहकार्य को अपेक्षा राखेको बताए । झापा , सुनसरी , मोरङ , संखुवासभा ,भोजपुरका स्थानीय तह , बिभिन्न संघ संस्था , विद्यालय तथा व्यवसायी हरूको आर्थिक तथा अन्य सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो । गणित शिक्षा परिषद् कोशी प्रदेश सचिव चिरञ्जीवी पाण्डेले सञ्चालन गरेको उत्त कार्यक्रम कोशी प्रदेशका अध्यक्ष सन्तोष बिष्टको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा कोशी प्रदेशका सस्थागत एबं सामुदायिक विद्यालयका ६१० शिक्षक हरुको उपस्थिति रहेको थियो ।
गणित बिषयको अन्तर्राष्ट्रिय सम्मेलन इटहरीमा सम्पन्न।
Facebook Comments Box