पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडा स्तरीय सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता चैत्र २८ गतेदेखि सुरु भएको छ।
पलुङ्टार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालको प्रमुख अतिथ्यतामा खेल सुरु भएको थियो। उद्घाटन खेल च्याङ्ली स्पोर्ट क्लब बी र सल्लाघारी युवा क्लब बीच भएकोमा २-१ गोल अन्तरले च्याङ्ली स्पोर्ट क्लब बी विजयी भएको छ । त्यस्तैगरी बिरुवाटर युवा क्लब र खाल्टेधारा पनि युवा क्लब बीच भएको दोस्रो खेलमा खाल्टेधारापानी युवा क्लब ३-१ गोल अन्तरले विजयी बनेको क्लबका खेल संयोजक सुमन खत्रीले जानकारी दिनुभएको छ।
खेलको दोस्रो दिन अन्तर्गत चैत्र २९ गते ६ वटा खेल सम्पन्न हुनेछन् भने ३० गते सेमीफाइनल र फाइनलका खेलहरु हुनेछन्।
वडाभित्रका १२ वटा टिमको सहभागिता रहेको उक्त खेल को समापन चैत्र ३० गते हुने छ ।

