१७ औं भानु कपको उपाधि च्याङ्ली स्पोर्ट क्लब गोर्खालाई

१७ औं भानु कपको उपाधि च्याङ्ली स्पोर्ट क्लब गोर्खालाई

श्रावण २७ , डिपि अधिकारी भानु
तनहुँ जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिताकोे उपाधि च्याङ्ली स्पोर्ट क्लब गोर्खाले हात पारेको छ ।

आईतबार भएको फाइनल खेलमा लिभिक कन्ट्रक्सन शुक्लालाई
१ – ० गोल अन्तरले हराउँदै च्याङ्ली स्पोर्ट क्लब गोर्खा यस वर्षको च्याम्पियन बनेको हो । खेलको पहिलो हाफमा कुनै गोल नभए पनि दोस्रो हाफको पाँचौं मिनेटमा च्याङ्ली स्पोर्ट क्लबका जर्सी नं. ५ का बिमल ठोकरको गोलले नै च्याङ्ली स्पोर्ट क्लबले उपाधि उचालेको हो । च्याम्पियन च्याङ्लीले सेमिफाइनल खेलमा सुर्यपुर एफसी चितवनलाई २ ० को गोल अन्तरमा हराउँदै फाईनलको यात्रा तय गरेको थियो । विजेता टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित शिल्ड, मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको प्रचार प्रशार समितिका संयोजक सुभाष सापकोटाले बताउनु भयो ।

यता लिभिक कन्ट्रक्सन शुक्ला भने उप विजेता मै चित्त बुझाउन बाध्य भएको छ । हजारौं दर्शकहरुको उपस्थिति रहेको निकै प्रतिस्पर्धात्मक खेलमा लिभिक कन्ट्रक्सनले पटक पटक सुनौलो मौकाको फाईदा लिन सकेन । उप विजेता शुक्लाले एक लाख २५ हजर २११ रुपैयाँ सहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

नाईन ए साईडको फूटबल प्रतियोगिता १९ साउनदेखी सुरु भै २७ गते आईतबार समापन भएको छ । भानुलाई रास्टिय रुपमा चिनाउने उदेश्यले प्रतियोगिता गरिएको खेल संयोजक भरत बानियाँले जानकारी दिनुभयो । भानुकप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएको थियो । अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको भन्सार युवा क्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो ।
खुल्ला नकआउट फुटबल प्रतियोगिताका लागि विभिन्न संघ संस्था र समाजसेवीहरुबाट आर्थिक सहयोग आएको आर्थिक संयोजक सोम तामाङले जानकारी दिनुभयो ।
भन्सार युवा परिवार,सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको हो । सेमीफाईनलमा पुग्ने २ टिम फ्रेण्डसिप युवा क्लब भानु ३ खहरे र सुर्यपुर एफसी चितवनलाई २५ हजार २ सय ११ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उत्कृष्ट खेलाडी लिभिक कन्ट्रक्सन शुक्लाका जर्सी न।४ सङ्गम ठकुरी घोषित भए, उनले नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र प्राप्त गरे, उत्कृष्ट गोल रक्षक च्याङ्लीका जर्सी न १ गोल रक्षक केशर कोइराला घोषित भए ।
सर्वाधिक फ्रेण्डसिपका विदेशी खेलाडि रिर्चाज वीसनले नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गरे उनले खेल अवधिभर ४ गोल गरेका थिए ।
,
अनुशासित टिम सुर्यपुर एफसी चितवन घोषणा गरिएको छ ।
प्रतियोगितामा २४ टिमको सहभागिता रहेको प्रचार प्रसार समितिका सदस्य एवं हाम्रा सम्वाददाता राजेश कार्कीले जानकारी दिनुभया्।
त्यसैगरी छेलो प्रतियोगिता तर्फ शंतोष कँडेलले प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ शंकर न्यौपानेले प्रथम पुरस्कार ६ हजार २ सय ११ , प्रमाणपत्र प्राप्त गर्नु भएको आयोजकले जनाएको छ ।

Facebook Comments Box
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाँदै

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा अोली पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाने हुनुभएकाे छ । पछिल्लाे पटक असार ३० गते प्रधानमन्त्री

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

नेपालवार इकाइ तनहुँद्वारा तनहुँ जिल्ल अदालतमा अनिश्चित कालीन धर्ना

शंकरराज नहर्की। तनहुँ १७ भदौ २०८१ सोमवार । नेपालबार इकाई दमौली ,तनहुँले तनहुँ जिल्ला अदालतमा आजबाट अनिश्चितकालीन धर्ना सुरु गरेको छ।इकाईले तनहुँ जिल्ला अदालतको मुख्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दिपुरमा आयोजित तीज सप्ताहन्न उत्सवको महानायक हमालद्वारा उद्घाटन

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा शनिबारबाट आयोजित तीज सप्ताहन्न उत्सव–२०८१ को महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार रासीको साताव्यापी तीज गीत

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.