गोरखा
आगामी चैत्र २१ गतेदेखि २५ गतेसम्म गोरखामा दोस्रो मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । गोरखा नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय फुटबल प्रतियोगिता हुन लागेको जनाइएको छ। प्रतियोगितामा गोरखा नगरपालिकाभित्रका सबै वडा ( वडा नम्बर १ देखि वडा नम्बर १४ सम्म) बाट टिमको सहभागिता हुने जनाइएको छ ।
खेलमा प्रथम हुनेलाई नगद रु. १ लाख १,११ प्रमाणपत्र र ट्रफी प्रदान गरिने नगरपालिकाले जनाएको छ । त्यस्तैगरी दोस्रो हुनेलाई नगद रु ५१ हजार १११ प्रमाणपत्र र ट्रफी, तेस्रो हुनेलाई ३०,११ प्रमाणपत्र र ट्रफी र चौथो हुनेलाई नगद रु १५,१११ प्रमाणपत्र र ट्रफी प्रदान गरिने बताइएको छ।
त्यस्तैगरी खेलमा सर्वोत्कृष्ट घोषित भएका खेलाडीलाई नगद रु ५११ ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोच लाई पनि नगद रु २०११ ट्रफी र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ।
खेल चैत्र २१ गतेदेखि २५ गतेसम्म गोरखा नगरपालिका वडा नम्बर १० स्थित छेपेटार खेलमैदानमा सञ्चालन हुने छ।

