सदरमुकाम नजिकै जुवा–तास खेल्दै गरेका ९ जना प्रहरी नियन्त्रणमा

गोरखा । गोरखा बजारबाट जुवा–तास खेल्दै गरेको ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ को चाईनिजधारा क्षेत्रमा जुवा–तास खेल्दै गरेका ९ जनालाई बिहीबार राती गोरखा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।स्थानिय मन्दिप श्रेष्ठको भोक लाग्यो खाजा घरमा जुवा–तास खेल्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले गोरखा नगरपालिका ८ घरबेटी मन्दिप श्रेष्ठ, विवश केसी, जिवन विसी, तनहुँ आँबुखैरेनी गाउँपालिका ६ घरभएका किसान गुरुङ, रौतहट जिल्ला गरुढा नगरपालिका २ घर भएका फेकु सहानी, महोत्तरी जिल्ला गौशाला नगरपालिका ७ का भुपेन्द्र शाह, गोरखा जिल्ला गोरखा नगरपालिका ६ का गणेश बराम र शहिद लखन गाउँपालिका ८ का रमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकाहरुबाट १ बुक तास सहित १ लाख १ हजार ८०० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।पक्राउ परेका सबैलाई जुवातास ऐन अन्तरर्गत कारवाही अगडी बढाउने तयारी भई रहेको गोरखा प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.