पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् || लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु धमाधाम बजारमा प्रस्तुत गरिरहेका छन् , यसै सन्दर्भमा पछिल्लो समय जिन्दगी गितबाट चर्चामा आएका चर्चित गायक किसान विनायक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ दशैँ गित “रित्तो मझेरी”को म्युजिक भिडियो सार्वजनिक भएको छ।
सिताराम परियारको उत्कृष्ट शब्द सृर्जना रहेको गितमा झलक संगीतम को लय एवम् संगीत संयोजन रहेको छ।
केहि समय अघि बजारमा आएको किसान विनायकको “जिन्दगी” गित निकै चर्चामा पुगेको थियो भने गित युटुवको ट्रेडिङ १ मा परेको थियो जुन गित किसान विनायक र कमला घिमिरेले गाएका थिए ।
भिडीयोलाई धर्मेन्द्र श्रेष्ठ ले निकै फरक शैलिमा निर्देशन गर्नु भएको छ भने गौरब श्रेष्ठ को छायाँकन र उज्वल श्रेष्ठको सम्पादन रहेको छ । भिडियोमा करण राना मगर , गीता अधिकारि , राजु श्रेष्ठ , रबि भट्टराई , राधिका दंगल , इश्वर दरेल , प्रकाश ढकाल लगाएत कलाकारहरुको दर्दानक मन छुने अभिनय रहेको छ । गितको म्युजिक भिडियो हेरिपछि सायद नरुने दर्शक कमै होलान् ।
भिडियो लाइ एस.के टि.भी नेपाल युट्युब च्यानल बाट सार्बजानिक गरिएको छ।