नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |
यसै सन्दर्भमा लोक गायक सूर्य खड्का र गायिका सम्झना लामिछाने मगर र निर्मल क्षेत्रीको तिज गित ‘घन्क्यो मादलु’ सार्वजनिक भएको छ । शिव अखेलीको उत्कृष्ट शब्द सृर्जनामा तथा गायक खड्का कै संगीत रहेको उक्त गीतमा सूर्य खड्का र गायिका लामिछाने संगै गायक निर्मल क्षेत्रीको आवाज रहेको छ।
विश्वास नेपालले गीतमा संगीत संयोजन गरेका हुन् । उक्त गीतको भिडियोमा निर्देशक शंकर बिसीको निर्देशन रहेको छ भने दुर्गा पौडेलले छायांकन गरेका छन् । सोही भिडियोमा गायिका सम्झना लामिछाने र निक्स शर्माको अभिनय रहेको छ । समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ ।
उक्त गीतको भिडियो गायक सूर्य खड्काको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गितको म्युजिक भिडियो हेर्नुहोस् :