गायक बद्री पँगेनी र एलिना चौहानको प्रस्तुतिमा तनहुँ महोत्सवमा झुमे दर्शक

दमौली, पुस २९ गते
तनहुँको दमौलीमा जारी नवौ तनहुँ महोत्सव– २०८१ मा सोमबार गायक बद्री पँगेनी र एलिना चौहानले दर्शकलाई मन्त्र मुग्ध पार्नुभयो । महोत्सवको पाँचौै दिन उहाँहरुको गीत सुन्न दर्शकको भीड लागेको थियो ।
गायक पँगेनीले जात र धर्मको आधारमा भेदभाव नगर्न गीतको माध्यमबाट आग्रह गर्नु भएको थियो । साथै गायक पँगेनीले जनप्रतिनिधी तथा नेताहरुलाई देशमै रोजगार सिर्जना गरेर बिदेशिनु पर्ने बाध्यताको अन्त्य गीत मार्फत आग्रह गर्नु भएको थियो । गायक पँगेनीले ‘‘कला चल्यो, गला चल्यो मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी भान्से चलने…’’ बोलको गीत गायक छुवाछुत बिरुद्धको गीत गाउनु भयो ।
नेता तथा जनप्रतिनिधीलाई रोजगारीको योजना बनाउन आग्रह गर्दै गायक पँगेनीले ‘‘ बिदा पाउँदिन,अहिलेको सालमा आमाघर आउन पाउँदिन…’’ गीत गाउँनुभयो । साथै ब्रदीले धर्मको आधारमा भेदभाव नगर्न आग्रह गर्दै हाल चर्चामा आईरहेको तिम्रो तुला रै’छ मेरो राशी कन्या , कस्तो जोडी जुर्‍याईदिऔं धन्य अल्ला धन्य…’ बोलको दर्शकलाई नँचाउनुभयो । आधा दर्जन गीतहरु गाएका बद्रीले ‘रातो पछेउरी’, ‘ससुरालीमा’ लगायतका गीतमा छमछमी नचाउनुभयो । एलिनाको के माया लाग्छर ? उधुमै लाग्छनी’, ‘कट्टा हान्दिन्छु’, छुनुमुनु हौ तिमी लगायतका गीत गाउँदा दर्शक रोमान्टिक बनेका थिए । महोत्सवमा गायिका मन्जु बिक पनि बेजोड प्रस्तुति रहेको थियो । माघ १ गते गायक तथा गायिकाहरु सञ्जिव सिंह, सिर्जना खत्री, सम्झना लामिछाने, लगायतको प्रस्तुति हुने भएको छ । मगर समुदाय विहान १० बजे दमौली बजारमा सास्कृति र्‍याली निकालेर महोत्सवमा प्रवेश गर्नेछन् । साँझ कुमार सागर ब्याण्डको कन्सर्ट राखिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.