विशाल रायमाझी र अबिमा गुरुङको तीज गीत ‘आक्कुम बाक्कुम’ चर्चामा भिडियोमा एलिना र विशालको ठुम्का (भिडियोसहित)

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |

यसै सन्दर्भमा विशाल रायमाझी र अबिमा गुरुङको आवाजमा रहेको तीज गीत ‘आक्कुम बाक्कुम’ सोमबार सार्बजनिक भएको छ । सार्बजनिक भएको छोटो समयमानै उक्त गीतलाई धेरैले मन पराएका छन भने गित युट्युबको ट्रेडिङ्गमा पर्न सफल भएको छ रायमाझी परिवारले निकालेको उक्त एल्बममा नायिका तथा कलाकार एलिना रायमाझीको अभिनय नृत्य तथा ठुम्का रहेको छ ।

‘आक्कुम बाक्कुम’ मा बिशाल रायमाझी र अबिमा गुरुङलाई गायिका हरिमाया रायमाझी , शर्मिला रायमाझी , एलिना रायमाझीले साथ दिएका छन उक्त गीतमा शब्द तथा लय संकलन बिशाल रायमाझीले गरेका छन भने गीतको संगीत संयोजक कमल सौरागको रहेको छ ।

भिडियोको छायांकन सागर गौतम तथा सम्पादन र निर्देशनको राज कुमार मगरले गरेका छन गीतमा नायिका एलिना रायमाझी र बिशाल रायमाझीको कार्य तारिफ गर्न लायक देखिन्छ ।

उनीहरुको सुन्दर अभिनय तथा नृत्यले गर्दा नेपाली दर्शकहरुको मनमा बस्न सफल हुनेमा उनीहरु बिस्वस्त छन । अहिले कोरोनाको महामारीमा केहि कलाकारहरु घरमै फुर्सदमा बसे पनि कलाकार एलिना रायमाझीलाई भने घरमा बस्न नपरेको उनि बताउछिन उनले दर्शकहरुको मायाकै कारण आफु यस क्षेत्रमा रहिरहेको बताउछिन ।

गितको म्युजिक भिडियो हेर्नुहोस् :

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.